कतै हल भत्काउँदै ,कतै बनाउँदै

गत वर्ष कोरोनाका कारण देशभरका झन्डै दुइ दर्जन फिल्म हल बन्द भए । अझै हलमा नयाँ फिल्म चल्न सकेका छैनन् । पहिलो चरणको कोभिड थेग्न नसकेका हलले दोश्रो लहरको मार पनि खेपिरहेका छन् । विदेशी र नेपाली फिल्महरु रिलिज नहुँदा हलहरु खुलेका छन् भन्न मात्र सकिएको छ । दर्शक हलमा पुगेका छैनन् ।

कोभिडका कहरकाबीच केहि हलहरु बन्ने भएका छन् । राजधानीको नयाँ बानेश्वर ‘वान सिनेमाज्’ ले नयाँ पर्दा थपेको छ । यहाँ २ पर्दा रहेको हलमा एक पर्दा थपिएको छ । यस हलमा अव एकै साथ ३ वटा फिल्म हेर्न पाइने छ । यसैले कालिमाटीमा २ पर्दा सहितको हल संचालन गर्ने तयारी गरेको छ । कालिमाटी ट्रेड सेन्टरमा ‘वान सिनेमाज’को २ पर्दा सहितको हलको निर्माण गर्न लागेको हो । करिव चार महिनापछि यो हल सञ्चालनमा आउने बुझिएको छ । यसका साथै भैरहवा र नेपालगञ्जमा पनि २–२ पर्दाका हल संचालनमा ल्याइने वान सिनेमाजका प्रमुख प्रज्ज्वल शमशेर जबराको भनाई छ ।