‘चुरीफुरी’ को फस्र्टलुकमा को को अटे ?

समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘चुरीफुरी’ ०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ । निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजीक संजालमा फिल्मको फस्टलुक्स पोस्टर सार्वजनीक गर्दै प्रदर्शन मिति जानकारी गराएका हुन् ।

फस्टलुक्स पोस्टरमा डेब्यु हिरो अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरु–पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका अनि रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित छक्क परेका छन् । फिल्ममा उनीहरुका साथमा ऋतु आचार्य, सुनीता श्रेष्ठ,राजेन्द्र खाती,महेश्वर आचार्य,लक्ष्मी ढकाल (जोया),कमल सिंह,सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,रश्मी आचार्य,लक्ष्मण अधिकारी, दिल गोदार,मनिल तामाङ,जीपी पाठकलगायतका कलाकारले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्म राहुल राईले खिचेका हुन् । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सहनिर्माता रहेको फिल्मका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य,बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ । फिल्मले भरपुर मनोरञ्जनका साथै युवावर्गलाई सन्देश पनि दिने दावी निर्देशक आचार्यको छ ।