‘हामी तीन भाई’ बनाउदै मधुसुदन

फिल्म ‘हामी तीन भाइ’को अनौपचारिक घोषणा गरिएको छ। हिजो फिल्मको अनौपचारिक घोषणा गरिएको हो । मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा सलोन बस्नेत , शिशिर राणा, विकास चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी लगायत कलाकार अनुबन्धित भएका छन् भने अन्य कलाकारहरुको छनोट हुन बाँकी रहेको छ।

प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ‘हामी तीन भाइ’ लाई साजित महतले निर्माण गर्ने भएका छन । फिल्ममा द्वन्द हिमाल केसीको रहनेछ भने छायांकन नरेन्द्र कुमार सिंह , संगीत श्याम कृष्ण मानन्धर , लेखन मनिष गौतम र रिवाज दाहाल रहने निर्माण पक्षले जनाएको छ । त्यस्तै फिल्मका गीतमा, स्वर रुपक डोटेल र नितु पौडेल रहने छ। गीतकार उत्तम सेढाई, मुख्य सहायक निर्देशक बिनय पौडेल र राम्जी राउत को रहेको छ। चलचित्रका कार्यकारी निर्मातामा बिक्रम तामाङ्ग रहेको छ भने यस फिल्म पारिवारिक तथा प्रेम कथामा आधारित रहेर निर्माण हुने निर्देशक भट्टराईले बताए ।
डेढ दशक अगाडी निर्माण भएको फिल्म ‘हामी तीन भाई’लाई त्यहि नाम दिएर अर्को निर्माण हुन लागेको हो । पहिलो हामी तिन भाईलाई लेखन तथा निर्देशन स्व शिव रेग्मी रहेको थियो । यहि नामको फिल्म फिल्म निर्माण गर्दै अहिलेका यस निर्माण टिमले स्व निर्देशक रेग्मी लाई एकपटक सम्झना गरेका छन् । फिल्मको छायांकन समयानुकुल हेरेर छायांकन गरिने निर्माण पक्षको भनाई छ ।