पलजी, ट्रेन्डिङ मात्र कि भ्यूज पनि हेर्ने हो ?


पल शाह रिजर्भ बस्न नै जानेनन् । लकडाउनले थकित दर्शक मनोरञ्जनका लागि भिडियो आउन थालेपछि सलबलाएका हुन् युटुबमा । यसमा पलका भिडियो पनि चले । दर्शकले युटुबमै समय धेरै दिएपछि पलका भिडियोले दर्शक पाए । पल मख्ख । मैले जती खेलेपनि हेरिहाल्छन् भन्ने भ्रममा परे । फिल्ममा बन्दै गरेको थियो क्रेज, त्यो पनि सकिन लागिसक्यो । अझै पनि पलले वुझेका होइनन् कुरा ।

पल शाहको भिडियोले एक दिनमै टन्न भ्यूज पाएका थिए । २४ घन्टामा झन्डै १० लाखको रेकर्ड पनि छ । तर, दर्शकले कती हेरुन् । दिनमै एउटा आउँछ अनी कसरी हेर्ने ।

पललाई अहिले एक दिनमा एक डेढ लाख भ्यूज पनि धेरै लाग्न थालेको हो कि भनेर देखिदैछ । उनी मख्ख छन् । एक दिनमा एक लाख भ्यूज कटेर ट्रेन्डिङमा आइहाल्यो भने उनी मख्ख भएका पाइयो ।

दश लाख भ्यूज पाउन पल हिजोआज एक लाखमै रमाउन थालिरहेका छन् । पलजी, यसरी नै सस्तो भए त भोली यो पनि नपाइएला नी ।