वर्षाको माया वर्षालाई
नेपाली फिल्ममा २ जना वर्षा छन् । वर्षा सिवाकोटी र वर्षा राउत । दुई अभिनेत्रीको भिडन्त पनि हेरिएको हो । सामाजिक संजालमा वार पनि देखिएको हो भनेर भनौ । वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्ध राम्रो छैन पनि भनिन्छ । पहिले त देखिएको पनि हो क्यारे ।
वर्षा राउतको विवाद आउँदा वर्षा सिवाकोटीले म विवादमा आएकी वर्षा होइन भनेर लेखेकी पनि हुन् स्टाटस । यस्तै, यस्तै कारणले दुई जना अभिनेत्रीको सम्बन्ध राम्रो छैन भनेर आउँछ खबर । तर, वर्षा सिवाकोटीले २८ औं जन्मदिन मनाएकी छिन् आज । उनले जन्मदिन मनाउँदा वर्षा राउतको विस विशेष छ ।
उनले, धेरै माया भन्दै जन्मदिनको शुभकामना दिएकी छिन् । जन्मदिनको धेरै धेरै शुभकामना राम्री । जे सोचेकी छौ त्यो पुरा होस् । धेरै माया । यही लेखेकी छिन् वर्षा राउतले । उनको यो कुराले पनि वर्षा सिवाकोटीसँगको उनको सम्बन्ध राम्रो बनेको वुझ्ने त होला नी ?
प्रतिक्रिया