रहेनन् बलिउडका ९० की दशकी हिट अभिनेत्री शशीकला र तारिक
बलिउड फिल्म नगरीमा लगातार शोक परेको छ। बलिउडले शनिवार अभिनेता तथा निर्देशक तारीक शाहलाई गुमाएको छ भने ९० की दशकी हिट अभिनेत्री शशीकलालाई गुमाएको छ।
८८ वर्षी अभिनेत्री शशिकलाको आइतबार दिउँसो १२ बजे मुम्बइको कोलाबामा निधन भएको हो।
त्यस्तै दुई वर्षदेखि मृगौला रोगबाट पीडित अभिनेता तथा निर्देशक तारीक शाहले उपचारका क्रममा मुम्बईको एक अस्पतालमा ५८ वर्षको उमेरमा अन्तिम श्वाश लीए।
उनी ७० को दशककी बलिउडकी चर्चित अभिनेत्री हुन्। उनले बलिउडका १०० भन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन्।
सानैदेखि गाउन र नाच्नमा रुची राख्ने शशिकला बाबु व्यापारमा थिए। व्यापार ठप्प भएपछि उनको परिवार कामको खोजीमा मुम्बइ आएको थियो। त्यही क्रममा उनको भेट नुर जहाँसँग भएको थियो।
शशिकलाको पहिलो फिल्म ‘जितन’ थियो। यो फिल्मको निर्माण नुरका श्रीमान शौकात रजवीले गरेका थिए। त्यसपछि उनले ‘तीन बत्ती चार रास्ता’, ‘हमजोली’, ‘सरगम’, ‘चोरी चोरी’, ‘नीलकमल’, ‘अनुपमा’ लगायतका चलचित्रमा काम गरेकी थिइन्।
उनले फिल्मका साथ साथै टेली सिरियलमा समेत काम गरेकी थिइन्। उनलाई सन् २००७ मा भारत सरकारले पद्माश्री पुरस्कारबाट सम्मानित गरेको थियो।
फिल्म जन्म कुडण्ली तथा टेलिभिजन सीरीयल कडवा सचमार्फत लोकप्रियता कमाएका अभिनेताले जन्म कुण्डली, बहार आने तकजस्ता फिल्मको निर्देशन गरेका थिए। उनी अभिनेत्री शोमा आनन्दको पती हुन्। उनका एक छोरी सारा रहेकी छिन्।
प्रतिक्रिया