‘मास्टर’ को हिन्दी रिमेकमा काम गर्न सलमान इच्छुक
बलिउड अभिनेता सलमान खानलाई साउथ फिल्म ‘मास्टर’ को हिन्दी रिमेकबाट प्रस्ताव आएको छ । हालै प्रदर्शनमा आएको यो फिल्मले राम्रो कमाई गरेपछि यसको हिन्दी रिमेक बनाउन निर्माताहरु तम्सिएका छन् ।
यसै फिल्मको रिमेकका लागि अहिले अभिनेता सलमानलाई अफर गरेको कुरा बाहिरिएकोछ । सलमानलाई लिएर ‘मास्टर’को रिमेक हिन्दीका लागि बलिउडका केहि निर्माताहरु इच्छुक देखिएको भारतिय मिडियाले जनाएका छन् । हिन्दी रिमेकका लागि बलिउड निर्माता मुराद खेतानी तीन सातादेखि सलमानसँग छलफल गरिरहेका छन् ।
भारतिय मिडियाका अनुसार सलमान पनि ‘मास्टर’ को हिन्दी रिमेकको कन्सेप्टलाई लिएर काम गर्न इच्छुक देखिएका छन् । उनले फिल्म ‘मास्टर’को हिन्दी रिमेक बनाउँदा केहि कुराहरु परिवर्तन गर्नुपर्ने सुझाव निर्मातालाई दिएका छन् । साउथ फिल्मलाई राम्ररी चिनेका सलमानले निर्मातालाई केहि फरक बनाउन सुझाव दिएका हुन् । हालै चलेको यस फिल्म ‘मास्टर’ मा साउथ सुपरस्टार विजय र विजय सेतुपतिले अभिनय गरेका छन् ।
सलमानले आफ्नो फिल्म लगातार फिल्म फिल्म फ्लप भइरहँदा उनले साउथ फिल्म ‘सेथु’ को हिन्दी रिमेक ‘तेरे नाम’ मा अभिनय गरेका थिए । जुन फिल्मले उनलाई करिअरको उत्कर्षमा पु¥याएको थियो ।
Megastar #SalmanKhan Approach For #Master Hindi Remake as a #ThalapathyVijay Role"
I think #Salman Will Justify this Role!!
What do you think ??
— Exclusive Tadka (@ExclusiveTadka) April 3, 2021
प्रतिक्रिया