७२ घण्टामा निर्माण भएको फिल्म ‘श्री’२७ गते ओटीटीमा रिलिज

हल खुले पनि दर्शक हलसम्म जान सकेका छैनन् । फिल्मर्कीले हलमा आफ्ना नयाँ फिल्म प्रदर्शनका लागि दिने आँट गरेका छैनन् । यसैका कारण केहि फिल्मले प्रदर्शनको डेट तोकेर पनि स्थगित गरेका छन् । फिल्म ‘लप्पन छप्पन२, कृष्ण लीला, लगायत अन्यले प्रदर्शन मिति तोकेर पनि हलमा चलाउन सकेनन् ।

हलबाट पैसा नउठ्ने देखेपछि यतिबेला ओटीटी प्लेटफर्म फिल्मकर्मीको लागि हलको विकल्प बनेको छ । घरमै बसेर स–शुल्कमा विश्वका फिल्म ओटीटी प्लेटफर्ममा हेर्न पाइने भएपछि फिल्मकर्मीको ध्यान यता मोडिएको छ । ७२ घण्टामा निर्माण भएको फिल्म ‘श्री’ओटीटीमा रिलिज हुने भएको छ । निर्माण पक्षले फिल्म हलमा नलगाई ओटीटी रिलिज गर्ने बताइसकेको छ । जसका लागि दर्शकले यहि चैत २७ लाई रिलिज घोषणा गरेको हो ।

फिल्मको रिलिज मिति घोषणा गर्दै शुक्रवार १ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको थियो । यस फिल्मका निर्माण टिमले ट्रेलर रिलिज गर्दै फिल्मलाई ‘मोमो ः म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा एकसाथ प्रदर्शन गर्ने जानकारी दिएको छ । फिल्ममा पैसाका लागि पात्रहरुको दौडधुप र त्यसले उत्पन्न गर्ने समस्यामा फिल्म केन्द्रित रहेको ट्रेलरमा बुझिन्छ ।

लकडाउनको समयमा एभरेष्ट सुर्य बोहोराले निर्देशन गरेको फिल्म ‘श्री’ मा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, नवीन श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतले अभिनय गरेका छन् । सविता गुरुङको निर्माण रहेको फिल्मको कथा लेखनमा निर्देशक बोहरा र शिवम् अधिकारी रहेका छन् । शेरबहादुर तामाङको छायांकन रहेको फिल्मलाई दर्शकले कति रुचाउने हुन् त्यो हेर्नका लागि २७ गते नै कुर्नु पर्ने हुन्छ ।