मौनताको ‘आँधि तुफान २’ मा सन्जितको इन्ट्री

फिल्म ‘आँधि तुफान’को सिक्वेलमा अभिनेता सन्जित भण्डारीलाई अनुबन्धित गरिएको छ । निर्माण पक्षले सन्जितलाई अनुबन्धित गरेको बताएको हो । मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स कथावस्तुको फिल्ममा वर्कसपको समापन पश्चात छांयाकनमा जाने लेखक तथा निर्माता मौनता श्रेष्ठले बताए ।

यस फिल्ममा अभिनेता सन्जित भण्डारी स्टाइलिस लभर ब्वाइको भुमिकामा देखिनेछन् । सन्जित भारतको विश्व प्रसिद्ध फिल्म एड टेलिभिजन सस्थान पुनेबाट फिल्म सम्बन्धी अध्ययन गरि फर्केका कलाकार हुन । उनले भने,‘फिल्ममा आफुलाई सुहाउँदो कथावस्तु पाएकोले अभिनय गर्न इच्छुक भएको हुँ ।’ फिल्ममा सुहाउने पात्र भएकाले सन्जितलाई अडिसन मार्फत छनोट गरिएको निर्माण पक्षले बताएको छ ।

यस फिल्ममा भारतीय जगतका चर्चित खलनायक कनिज कोइरालाका साथमा आरती अर्याल,याङ्सु श्रेष्ठ,मुकुन्द थापा,धुव्र कोइराला,संजय खतिवडा,पुस्कर राउत ,भोला अधिकारी,सिवन लामा,राजाराम गौतम,गोकुल सुबेदी,पुनम गौतम,सान अधिकारी,सोनी बि.सी,जोया बुढाथोकी,रुपा के.सी ,सरोज दाहाल बिन्द्धीया शाहि ,रमेश तामाङ्ग का अलवा बाल कलाकार अरुण कालिजराजको अभिनय रहनेछ ।

२०६३ सालमा हिट फिल्म ‘आँधि तुफान’को सिक्वेलमा नारी प्रधान नै हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा नारी प्रधान,नारी एक्सनले भरिपुर्ण हुने निर्माण पक्षको भनाई छ । फिल्ममा रामचरण उप्रेतीको छायांकन,प्रेम चुल्ठेको द्धन्द,सुरेश अधिकारीको संगीत रहनेछ ।