‘हो, हामी गर्भवती छौं,सोध्न बन्द गर्नुस्’–प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीले आफु आमा बन्न लागेको भन्दै प्रेग्नेन्ट भएको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनी विवाह बन्धनमा बाँधिएको एक वर्षपछि आमा बन्ने भएकी हुन् । होलीको समयमा प्रियंकाको तस्विरलाई लिएर उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए ।

तर, उनले हिजो स्वयंले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर आफ्ना फ्यान तथा शुभचिन्तकमाझ सार्वजनिक गरेकी छन् । उनले आफु गर्भवती भएको तस्विर उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’ गत वर्षको फागुन १६ गते विवाह बन्धनमा बाँधिएका प्रियंका र आयुष्मानले विवाह पछि फिल्ममा खासै अभिनय गरेका छन् ।

बरु लकडाउन खुलेसँगै उनीहरु विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए भने साथै प्रियंकाको जन्मदिनपनि उतै मनाएका थिए । उनले दशैंपछि आफ्नो निर्माणमा ‘बसन्त’ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् । त्यस यता उनले कुनैमा काम गरेकी छैनन् ।
https://www.facebook.com/priyanka.karky