‘दादासाहेब फाल्के अवार्ड’ रजनीकान्तलाई,मोदीले दिए बधाई
दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई ‘डाडासाहेक फाल्के अवार्ड’ २०१९ बाट सम्मानित गरिने भएको छ । भारतिय सूचना र प्रसारण मन्त्री प्रकाश जावेदकरले आफ्नो ट्वीटर अकाउन्टबाट यो अवार्डबाट रजनीकान्तलाई सम्मानित गर्न लागिएको जानकारी दिएका छन् ।
भारतमा यो अवार्डलाई ठुलो अवार्डका रुपमा लिइन्छ । रजनीकान्तलाई अवार्डबाट सम्मानित गर्न लागिएको कुरा बाहिरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रजनीकान्तलाई बधाई दिएका छन् । उनले ट्विट गर्दै रजनीकान्तलाई बधाई दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्,‘थालाइवालाई (चलचित्र) दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो ।’
उनलाई भारतिय अभिनेता तथा राजनितिक दलका नेताहरुले बधाई तथा शुभकामना दिइरहेका छन् । त्यस्तै तमिलनाडुका मुख्यमन्त्री पलानी स्वामीले रजन्तीकातलाई फोनमार्फत बधाई दिएको समाचार बाहिरिएको छ । सबैबाट बधाई आउन थालेपछि अभिनेता रजनिकान्तले आफ्नो यात्राको हिस्सा भएको बताएका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्,‘म इमान्दारीतका साथ, मेरो यात्राको हिस्सा भइदिनुभएका सबैप्रति यो पुरस्कार समर्पित गर्न चाहान्छु ।’
उनले ट्विटमार्फत नै प्रधानमन्त्री नरेन्द्र मोदी, सूचना मन्त्री जावेदकर, जुरीमा रहेकी आशा भुस्ले लगायत पाँचै जना जुरीलाई धन्यवाद दिएका छन् ।
पाँच दशकदेखि फिल्म यात्रामा रहेका रजनीकान्तका ेजन्म सन् १९५० मा कर्नाटकको मराठा परिवारमा भएको थियो । उनको जीवनको पहिलो कमाई बस सहचालकको रुपमा पाएका थिए भने पछि उनी फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । उनी अहिले बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेतामा पर्दछन् ।
प्रतिक्रिया