‘के लेखु शब्दमा’ भन्दैछन् आज्ञालाई निराजन

सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखु शब्दमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द रेको छ । आफ्नो प्रेमीकालाई मायाभावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । गीतमा आफ्नो प्रेमिका प्रतिको प्रेमभावलाई दर्शाईएको छ । गीतलाई अडियो झैँ आकर्षक रुपमाएजिएल इन्टरटेनमेन्टले तयार गरेको छ ।

एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए । गीतको शब्दलाई दृश्यमार्फत अनि प्रस्ट्याउने जमर्को गरेका छौं’ उनले भने । गीतमा लोकप्रिय मोडल निराजन प्रधानसंग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन । पछिल्लो समय नायक अनमोल केसीसंग फिल्म’पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीतहो ।

गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी , अर्जुन तिवारीको छायांकन , सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेकाहुन् ।