‘ए साथी सुन’ को १६ दिनमा इन्डक्ल्याप

अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘ए साथी सुन’ को १६ दिनमा इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको १६ दिनमा बुधवार फिल्मको छायाँकन सकिएको अभिनेत्री बर्षा शिवाकोटीले जानकारी दिएकी छन् । उनले एउटा गीत बाहेक फिल्मको सम्पूर्ण छायांकन सकिएको जानकारी दिएकी हुन् ।
राघव आचार्यले निर्देशन गरेको फिल्ममा अभिनेताका रुपमा रमेश बाँनिया डेब्यु गर्दैछन् । फिल्म सस्पेन्स थ्रिलर कथामा निर्माण भएको हो ।
बर्षा अभिनित ‘परदेशी २, मनसँग मन र लक्का जवान’ प्रदर्शनको पखाईमा छन् ।