बनारसको घाटमा फोटो सुट गर्दै सौन्दर्या (फोटो फिचर सहित)

बलिउड अभिनेत्री सौन्दर्या शर्मा फेरि बोल्ड लुक्सका कारण चर्चामा आएकी छन् । उनले होली बेला फोटो सुट गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले बनारसको एक घाटमा खिचाइएको तस्बिर आफ्नो इस्टा अकाउन्टमा सेयर गरेपछि उनको थप चर्चा चुलिएको हो ।

उनले सार्वजकि गरेको तस्विरमा गोल्डेन बोडर भएको सेतो कलरको सारी लगाएकी छन् । अनि सिम्पल साडीमा ब्याकलेस ब्लाउज लगाएर बनारसको घाटमा फोटो सुट गरेको देख्न सकिन्छ । हेर्दा उनले आफ्नो लुक्सलाई पुरै ट्रेडिसनल बनाउन कपालका गजरा समेत लगाएको देख्न सकिन्छ भने लुक्स मिनिमल मेकअप, काजल र बिन्दीले कम्प्लिट गरेकी छन् । साथै उनको हातमा एउटा थाली देख्न सकिन्छ । जहाँ उनले हातमा रंगको थाली बोकेर मुस्कुराएकी छन् । उनले सस्विरका साथै भिडियो क्लिप पनि इन्स्टामा राखेकी छन् । 

उनको यो लुक्स उनका फ्यानहरुले मनपराएका छन् । कतिले कति क्युट भनेर कमेन्ट गरेका छन् भने कतिले सुन्दरीको संज्ञा दिएका छन् । २०१७ मा फिल्म ‘रान्ची डायरीज’मा देखिएकी सौन्दर्या पछिल्लो समय फिल्ममा देखिएकी छैनन् ।

https://www.instagram.com/p/CM_Q9CliJDg/