निखिल र आर्यन एउटै बाटोमा


सिनियर जता जुनियर त्यता नै हो कि के हो खै । निखिल उप्रेती सिनियर । आर्यन सिग्देल उनका अगाडि जुनियर नै हुन् कलाकारितामा ।

दुबै जनाको गेटअप उस्तै हो नी अहिले । दाह्री पालेका छन् दुबैले । निखिल फिल्म भन्दा अध्यात्ममा व्यस्त । आर्यन फिल्ममा पनि छन् है व्यस्त । बेलामा थियो दुबै जनाको क्रेज । बबाल नै हो भनेर भनौ । अनुहार राख्यो कि फिल्म चल्ने । बेला घर्कियो भनेर भनौ । अहिले चल्दैन दुइको फिल्म ।

तर, दुबै जनाले एउटा बाटो समातेका छन्, जुन उस्तै मिल्छ । आर्यन र निखिल दुबै जना संचारमाध्यम भन्दा टाढा हुन थालेका छन् । क्यामेरा देख्न नहुने, अगाडि नआउने । निखिल उप्रेती पनि क्यामेराको अघि आउन नमान्ने । नचाहने के के हो के के ।

आर्यन पनि उस्तै । पुतलीसडकमा एउटा पसल उद्घाटनमा पुग्दा उनले क्यामेरा अघि देखे र हिडे । बोल्न पनि चाहेनन् । दिक्क भयो उनलाई । आर्यनलाई के के भयो भयो । निखिल र आर्यन एउटै बाटोमा लागेछन् ।