२७ वर्ष पुगेका अनमोलका कति फिल्म हिट

अभिनेता अनमोल केसी आजबाट २७ वर्ष टेकेका छन् । उनी आजबाट २६ पुरा गरेर २७ टेकेका हुन् । नेपाली फिल्म क्षेत्रका सदावहार अभिनेताको ट्याक पाएका अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीको सन्तानको रुपमा २०५० साल चैत १७ जन्मिएका अनमोललाई सबैतिरबाट जन्मदिनको शुभकामना आउनेक्रम जारी रहेको छ ।

सन् २०१३ मा हेमराज विसीद्धारा निर्देशित फिल्म ‘होस्टेल’ बाट फिल्ममा अभिनेताको रुपमा डेब्यु गरेका अनमोलले ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर ३’ र ‘क्याप्टेन’ फिल्ममा अभिनय गरिसकेका छन् । युवापुस्तामा लोकप्रिय रहेका अनमोल अभिनित फिल्म ‘ क्याप्टेन’ फ्लप फिल्ममा गनिएको थियो । फ्लप फिल्म पनि दिएका अनमोललाई पछिल्लो समय फिल्म निर्माणकर्ताले ७० लाख रुपैया दिएर फिल्ममा अभिनय गराउन लागि परेका छन् । तर, अनमोलको प्रतिक्रिया बाहिरिएको भने छैन ।

नेपालका महँगा अभिनेताका रुपमा आफुलाई उभ्याएका छन् । अभिनय कमजोर भएता पनि अनुहारका कारण उनको फिल्म चलेको फिल्मका समिक्षकहरु बताउँछन् । लकडाउनपछि ‘ए मेरो हजुर ४’ को छायाँकनमा व्यस्त रहेका अनमोल केहि समयपछि फिल्म ‘पारस’ अभिनय गर्ने चर्चा छ । उनी ‘पारस’का रुपमा अभिनय गर्ने भनिएता पनि समय तोकिएको छैन । एकान्तमा बस्न बढि रुचाउने अनमोल पछिल्लो समय देशका विभिन्न ठाउँ घुम्ने गरेका छन् । जे होस् आगामी दिनले उचाईमा पुर्याओस् ढिलै भए पनि हाम्रो तर्फबाट अनमोल केसीलाई जन्मदिनको शुभकामना छ ।