चलचित्र समीक्षक समाज (फिक्सन) अध्यक्षमा लामा

चलचित्र समीक्षक समाज (फिक्सन) अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् ।सोमवार भएको फिक्सनको साधारण सभाले दीपेन्द्र लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, चलचित्र समीक्षकको उपाध्यक्षमा सामीप्यराज तिमिल्सिना र स्मृति ढुङ्गाना चयन भएका छन् भने महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ चुनिए । उु संस्थाको कोषाध्यक्षमा प्रभाकर गौतम छानिएका छन् भने सदस्यहरुमा लेनिन बन्जाडे, नरेश फुयाँल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् ।

चलचित्र समिक्षकको अध्यक्षमा चुनिएपछि लामाले फिल्म समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित गर्दै लैजाने बताए । उनले उसको दायरा फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य ‘फिक्सन’ को रहेको बताए ।

समीक्षक समाजका निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरेका थिए । समिक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा वर्षौंदेखि फिल्मको समिक्षा गर्दै आएका छन् भने ‘घामपानी, गोपी र छ माया छपक्कै’ जस्ता सफल फिल्मका निर्देशिक समेत हुन् ।