यो बर्ष जम्मा २ वटा फिल्म मात्र रिलिज हो त ?


यदि फिल्म कृष्णलीला चैत्र २७ गते रिलिज भएन भने यो बर्ष अर्थात २०७७ सालमा जम्मा २ वटा नेपाली फिल्म रिलिज हुनेछ । यो नेपाली फिल्मले लय समातेपछिको सबैभन्दा कमजोर बर्ष हुन सक्ला । किनभने, अघिल्ला बर्षमा सय सम्म फिल्म रिलिज भए ।

फिल्म धेरै भएर हलमा कुन फिल्म चलाउने र कुनलाई कती शो दिने भनेर समस्या भएको हो । निर्माताले फिल्म चलाउने बेलामा मिति राम्रो रोजेर हाले र फिल्म जुधाएका पनि हुन् । गाह्रो थियो एकदमै । निकै तनाव ।

यो बर्ष हेर्दा अहिलेसम्म २ फिल्म आए । एउटा फिल्म हो एउटा यस्तो प्रेम कहानी । अर्को फिल्म हो गोर्खे । यी दुई फिल्म मात्र आएका छन् हलमा ।

यी दुबै फिल्मले कुनै माखो मारेनन् । हलमा दर्शक पनि तानेनन् । गएको बर्षको चैत्र ११ गतेबाट भएको हो लकडाउन । लकडाउन भएपछि फिल्म रिलिज हुन पाएन । हल खुलेपछि फ्रेस रिलिज भएको हो एउटा यस्तो प्रेम कहानी । दर्शक आएनन् । गोर्खे रिलिज भयो । दर्शक आएनन् । निर्माताले फिल्म चलाउने हिम्मत नै गरेनन् ।

लप्पन छप्पन २ चैत्र २७ मा आउने भनेर भनियो । सर्यो यो फिल्म पनि । कृष्णलीलाको पनि भर छैन । प्रचार नहुँदा त फिल्म आउला भन्ने ठाउँमा शंका नै भयो । मनसँग मन पनि सरेको छ । अब, कृष्णलीला आएन भने यो बर्ष २ वटा फिल्म मात्र रिलिज हुनेछन् । त्यो पनि कमजोर फिल्म । नेपाली फिल्मका लागि कालो बर्ष नै भयो यो बर्ष ।