पुष्पको तनाव हट्यो


अभिनेता पुष्प खड्कालाई त तनाव नै थियो नी । किनकी, चैत्र २७ गते उनले अभिनय गर्ने २ फिल्म रिलिजको कुरा थियो । पुष्पले आशा गरेका दुबै फिल्म थिए ।

फिल्मको नाम हो मनसँग मन र कृष्णलीला । दुबै फिल्म एकैदिनमा रिलिज भए त के हुने हो भनेर पुष्पलाई समस्या । बल्लबल्ल खुल्दै गरेको थियो फिल्म क्षेत्र । अनी आफ्नै फिल्म जुध्ने । पुष्पको दिनरात चैन हराएको हो नी ।

अब, तनाव हट्यो भनेर भनौ । पुष्पले अभिनेत्री वर्षा सिवाकोटीलाई अभिनेत्री बनाएर खेलेको फिल्म मनसँग मन चैत्र २७ गते नआउने भयो । कोरोनाको बहाना बनाएर फिल्म हटेको छ । नयाँ मिति चाडै आउने भनेर भनौ ।

तर, कृष्णलीला आउने भनिएको छ । गतिविधी शुन्य । छैन कुनै प्रचार प्रसार । एउटा मात्र फिल्म आउने भयो भनेर पुष्प खुशी होलान् । तर, कृष्णलीलाको छाटकाट हेर्दा त यो पनि आउला जस्तो छैन । पुष्पलाई यो फिल्म आएन भने तनाव होला कि खुशी ?