नीता र हरिहरको कुरा वुझ्नै गाह्रो


फिल्म पनि सँगै बनाउने । भेटन् दिल्लीदेखि आगरा पनि जाने । काम पनि सँगै गर्ने । आफ्नो टेलिभिजन कार्यक्रमको निर्देशन पनि बनाउने । तर, हरिहर अधिकारी अभिनेताले अभिनेत्री नीता ढुंगानासँगको प्रेम स्विकार गर्ने कहिले ?

छैन त कुरा वुझ्न नै गाह्रो । यो भन्दा कुरा वुझ्न गाह्रो अरु हुन्छ के खै । यस्तै त छ बजारमा ।

हरिहर र नीताले आइतबार होली खेले एकैसाथ बसेर । नीताले हरिहरलाई हरिहरले नीतालाई होली लगाइदिएका पनि छन् । साथ पनि हमेशा ।

नीताको हरेक कुरा मनपर्छ हरिहरलाई । हरिहरको हरेक कुरा मनपर्छ नीतालाई । हरिहरको प्रवेश जीवनमा भएपछि नीता धार्मिक पनि भएकी छिन् । तर, होइन यो प्रेम । साथी मात्र हो । मित्रता बलियो हो । अरु, केही होइन । पत्याइदिन पर्ने हो कि कुरा वुझिदिनुपर्ने हो ?

प्रेम होइन भन्दा एकसाथ देखिदा संचारमाध्यमको केन्द्रमा परिन्छ भन्ने मोह हो कि ।