बर्षाजी प्रेम नै हो र ?
वर्षा सिवाकोटीको कुरा गरौ । वर्षा सिवाकोटीले फिल्म खेलिरहेकी छिन् । फिल्ममा त उनलाई कमी छैन । फिल्मसँग उनको चर्चा हुने गर्छ प्रेमको । प्रेमको कुरा पनि उनको अजिब छ । ब्रेकअप भयो भनेर खबर आएको हुन्न, फेरि लभ पर्यो भनेर आइदिन्छ खबर ।
जे होस् प्रेमको मामालामा वर्षालाई भाग्यमानी भन्ने हो कि के ? वर्षा सिवाकोटीको चर्चा भैरहेको छ कलाकार राज कटुवालसँग । राज कटुवाल चलचित्र विकास बोर्डका सदस्य । फिल्मका लागि काम गर्छु भनिरहेका छन् उनले ।
राज कटुवाल र वर्षाले त प्रेम होइन भने । साथी हुन् रे । संगत गर्दा गर्दै मन परेको हो रे एक अर्कालाई । मन पर्न थाल्या छ भनेकी छिन् वर्षाले ।
तर, प्रेम हो कि होइन भन्न फेरि अलमल । वर्षाजी प्रेम नै हो र ? कि के हो भन्दिने हो कि ?
प्रतिक्रिया