फस्ट लुक्स सार्वजनिक गर्दै ‘मनसँग मन’को प्रदर्शन मिति सर्यो

यहि २७ गतेबाट प्रदर्शन मिति तोकिएको फिल्म ‘मनसँग मन’ले हाललाई प्रदर्शन स्थगित गरेको छ । दुइ साता अघि सरकारले कोरोनाको त्रास बढेको भन्दै भिडभाड नगर्न र सभा सम्मेलन गर्न सबैमा अनुरोध गरेको थियो । यसैलाई आधार मान्दै चलचित्र टिमले तत्काललाई प्रदर्शन नगर्ने बताएको हो ।
सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘मनसँग मन’ को प्रदर्शन मिति सार्दै फस्टलुक सार्वजनिक गरेको छ । प्रदर्शन स्थगित गर्दै फस्टलुक सार्वजनिक गरिएको निर्माण पक्षले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । सार्वजनिक भएको पोस्टरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई देखाइएको छ अन्य कलाकार पोष्टरमा अटेका छैनन् । पुष्प र बर्षा पोष्टरमा रोमान्टिक मुडमा देखाइएको छ ।
यस फिल्ममा पुष्प र वर्षाका सार्थ बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । फिल्मको गीतमा भने पल शाह,पुजा शर्मालौ पनि देख्न पाइन्छ । कैलाश राइले निर्देशन गरेको फिल्ममा अरुण तामाङको लगानी गरेका छन् । त्यस्तै यस फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन छ । यस फिल्मको प्रदर्शन मिति स्थगित गरिए पनि नयाँ रिलिज मिति भने तोकिएको छैन ।