स्वस्तिमाको ‘चिसो मान्छे’ २७ दिनमा प्याकअप
फिल्म ‘चिसो मान्छे’को छायांकन सकिएको छ । फिल्मको छायांकन भएको २७ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक दीपेन्द्र के. खनाल जानकारी दिए । २७ दिन अघि ललितपुरबाट फिल्मको छायंकन सुरु भएको थियो भने बझाङ पुगेर फिल्मको छायांकन सकिएको हो ।
फिल्ममा ‘आमा’ का निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्म ‘चिसो मान्छे’मा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको अभिनय रहेको छ । यसै फिल्ममा अभिनेत्री स्वस्तिमाले १८ लाख पारिश्रमिक बुझेकी थिइन् । यस फिल्मको कथा, पटकथा, संवाद र छायांकन निर्देशक दीपेन्द्रकै रहेको छ ।
फिल्मका लागि अभिनेत्री स्वस्तिमा खड्काले पश्चिम बाजुरेली भाषा पनि सिकेकी थिइन् । उनलाई पत्रकार डिबी खड्काले उताको भाषा र लवज सिकाएका थिए । फिल्मको कथामा लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौं हुँदै बाजुरासम्म पु¥याउँदाको मार्मिक कथालाई पर्दामा उतारिएको छ । निर्माण पक्षका अनुसार यस फिल्ममा स्वस्तिमाले बाजुराकी एक निम्न वर्गाीय महिलाको भूमिका निर्वाह गरेकी छन् । यो फिल्मले प्रदर्शन मिति पनि तोकिसकेको छ । फिल्मलाई आउँदो भदौ ११ गते प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ ।
प्रतिक्रिया