फिल्मको रिहर्सलको एउटा सिनले टुटेको थियो अमिताभ र रेखाको प्रेम
बलिउड कलाकरकारहरुका फन्डा र बेला बेलामा हुने एक आपसका मन मुटावले फिल्ली बजार तताइरन्छ । यति बेला भारतिय मिडिया तथा बलिउडका हेर्न दर्शकमा एक पटक फेरि हलचल गराउने समाचार बाहिरिएको छ ।
कुनै अफेयर चलेका सुपरस्टार अमिताभ बच्चन र रेखाले एकसाथ फिल्ममा अभिनय नगर्ने बताएका छन् । एक अन्तरवार्तामा रेखाले अमिताभसँग कहिलै अभिनय नगर्ने अभिव्यक्ती दिएपछि अहिले सबैलाई चासोको विषय बनेको छ । फिल्ममा अभिनय गर्दा यि जोडी फिल्ममा भन्दा बढि प्रेमको चर्चा हुने गरेको थियो । तर, उनीहरुबीचको गहिरो प्रेम टुटेपछि एक अर्कासँग फिल्म नखेल्ने उद्घोष गर्दै आएका छन् ।
रेखाका अनुसार फिल्म ‘मुकद्दर का सिकंदर’ फिल्मका लागि अमिताभ र जया सँगै आएका थिए भने रेखा पनि त्यहीँ थिइन् । फिल्मका लागि रिहर्सल हुदै गर्दा रेखा र अमिताभको एउटा सीनमा जया रोएकी थिइन् । इहि दिनबाट अमिताभले रेखासँग काम नगर्ने बताएका थिए । अमिताभले रेखासँग जोडी बाँधेर फिल्ममा नराख्न निर्माताहरुलाई आग्रह गरेको थिए । रेखाले यो कुरा अन्तरवार्ता भनेकी छन् ।
प्रतिक्रिया