चर्चामा प्रियंका चोपडाको रेष्टुरेन्ट, टकीलामा पानीपुरी

बलिउड नायिका प्रियंका चोपडाले हालै रेष्टुरेन्ट खोलेकी छिन् । न्यूयोर्कमा खोलिएको यो रेष्टुरेन्ट निकै चर्चामा छ । प्रियंकाको यो रेष्टुरेन्टमा भारतीय खाना पस्किइन्छ ।

उक्त नयाँ रेस्टुराँ अहिले सर्वसाधारणहरुका लागि त खोलिएको छैन, तर विशेष पाहुनाहरु भने आउन थालिसकेका छन् ।

प्रियंकाको यो रेष्टुरेन्ट ‘सोना’ यतिखेर लोकप्रिय बन्दै गएको छ । भरखरै प्रियंकाको रेस्टुराँ सोनामा उनकी जेठानी डेनिएल जोन्स पुगेकी थिइन् । सामाजिक सञ्जालमा प्रियंकाको रेष्टुरेन्टमा पुगेकी उनकी जेठानी डेनिएल जोन्सले स्पेशल ड्रिङ्क्स पिइरहेको तस्बिर भाइरल बनेको छ ।

त्यस्तै त्यहाँ टकीला मिसाएको विशेष किसिमको पानीपूरी पनि देखिएको छ । उनलाई त्यहाँ पानीपूरीमा टकीला मिसाएर सर्व गरिएको छ ।

ती तस्वीरहरु शेयर गर्दै डिना डेलेसाले प्रियंकालाई शुभकामना र नयाँ रेस्टुराँका लागि वधाई दिएकी छिन् ।

केही दिनअघि प्रियंकाले रेस्टुराँको इनसाइड फोटो पनि शेयर गरेकी थिइन । ती तस्विरमा उक्त रेस्टुराँको आकर्षणले सबै मन जितेको छ ।