डोल्पाको शे–फोक्सुन्डो तालमा अनमोल र सुहाना
पछिल्लो समय फिल्मीकर्मी गीतको लागि खर्च अत्यधिक गर्न थालेका छन् । लोकेसनका लागि उनीहरु टाढा टाढा जाने गरेका छन् । यस पटक फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीतमा डोल्पाको शे–फोक्सुन्डो ताल देख्न सकिने छ ।
यसको गीत शे– फोक्सुन्डे तालमा खिचिएको छ । फिल्मको गीतमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् भने उनीहरुलाई रामजी लामिछानेले नचाएका हुन् । करिव १० दिन लगाएर गीतको छायाँकन सकाएर निर्माण युनिट काठमाडौ फर्किसकेको छ ।
गत वर्ष फागुनबाट छायांकन गरिएको फिल्मको अव १० दिनको छायांकन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन काठमाडौं र पोखरामा गरेपछि सकिने छ । प्रेमकथामा बनेको फिल्म स्वर्गीय छेतन गुरुङ र निर्देशक झरना थापाले लेखेका हुन् । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन । फिल्म नयाँ बर्षको १८ भदौमा रिलिज गर्ने निर्माण पक्षले बताइसकेको छ ।
प्रतिक्रिया