शाहरुख खानले ‘पठान’मा लिएको पारिश्रमिकको चर्चा
बलिउड अभिनेता शाहरुख खानले एक फिल्ममा सर्वाधिक पारिश्रमिक लिएको खुलासा भएको छ । उनले फिल्म ‘पठान’मा सर्वाधिक पारिश्रमिक लिएको खुलेको हो । उनी अभिनित फिल्म ‘जिरो’ फ्लप भएपछि दुइ वर्षसम्म कुनै फिल्ममा अभिनय गरेका थिएनन् ।
दुई वर्षपछि शाहरु खानले ‘पठान’मा अभिनय गरेका थिए । दुइ वषृ रिजर्वमा बसेका शाहरुख खानले सर्वाधिक पारिश्रमिक लिएको कुरा बाहिरिएको हो । यस फिल्मका लागि सय करोड पारिश्रमिक लिएका हुन् । यशराज फिल्मले बनाउन लागेको यो फिल्ममा जोन अब्राहम र दीपिका पादुकोन पनि मुख्य भूमिकामा देखिदै छन् ।
शाहरुखका समकक्षी अभिनेताहरुले भने ३०÷४० करोड मात्रै लिने गरेको भारतिय सञ्चारमाध्यले जनाएका छन् । पछिल्लो समयमा बलिउडमा अधिकांश कलाकारले सेयरमा फिल्म निर्माण गर्ने गरेका छन् । सेयरमा फिल्म निर्माण गर्नेमा अभिनेता सलमान खान, शाहरुख खान, अक्षयकुमार,आमिरले खान लगायत रहेका छन् ।
उनीहरुले आफ्नो अभिनयवापतको पारिश्रमिक सेयरको रुपमा लगानी गर्छन् । फिल्म प्रदर्शन भएपछि कमाएको रकम सोहीअनुसारको पाउने गरेका छन् । पछिल्लो समय नेपालमा पनि सेयरमा फिल्म निर्माण गर्ने प्रचलन बढिरहेको छ ।
प्रतिक्रिया