लप्पन छप्पन २ का निर्देशकले बोली फेर्नु पर्ने हो ?
लप्पन छप्पन २ फिल्म । ट्रेलर आइसक्यो यसको । कुनै हल्ला भएन । ट्रेलरमा दुख गरेका हुन् । फिल्म बनाउन पनि दुख गरेका हुन् मुकुन्द भट्टले । यूरोप, अष्ट्रेलिया, नेपालमा भएको छ छायांकन फिल्मको । छ मेहेनत खुबै ।
यो फिल्मको ट्रेलर रिलिज गर्दा मुकुन्दले चैत्र २७ गते फिल्म रिलिज हुने, माहोल बनाउन आफूले फिल्म रिलिज गर्न लागेको बताएका हुन् । कुरा मुनासिव छ । नेपाली फिल्मका लागि माहोल बनाउन परेन । कसले बनाउने हो र फेरि माहोल भनेर भनौ ।
तर, फिल्म आउन दुई हप्ता बाँकी छ । सुनसान छ त अवस्था । फिल्मका कलाकार अरु फिल्मको सुटिङमा कता कता पुगिसके । मुकुन्दले ५० प्रतिशत अकुपेन्सी कायमै रह्यो भने पनि फिल्म रिलिज हुन्छ भनेका थिए । तर, अहिलेको स्थिती हेर्दा त खै खै । मुकुन्दले बोली फेर्नु पर्ने अवस्था आएछ कि जस्तो देखियो ।
प्रतिक्रिया