सविनको प्रयास


प्रयास त गर्न छाड्नु हुन्न भनेर भन्छन् । हो पनि हो । किनकी, प्रयास छाडे त सकिहाल्यो । अभिनेता सविन श्रेष्ठ यसका उदाहरण हुन् । उनी फिल्ममा असफल । फिल्म पाएको बेलामा आएको जती गरे । अहिले कसैले लिदैन । तैपनि फिल्म क्षेत्रमा टिक्न संघर्ष त गर्न पर्यो । उनले हिरो रिटन्र्स फिल्म बनाएका हुन् । यो फिल्म कोभिडको मारमा पर्यो भन्ने कि के भन्ने । चलाउने बेलामा चलाएनन् उनले, पछि डिस होममा आयो ।

फिल्मले सविनलाई केही फाइदा भएन । अरु निर्माता नलिने आफ्नो फिल्मको हालत पर्यो यस्तो । अनी के गर्ने भन्दा आफै फिल्म बनाउने । सविन फिल्म बनाउन लागेका छन् । उनले नयाँ फिल्म बनाउन लागेको र फिल्ममा आफू भिलेन हुने खालको कुरा गरे । हुनत, जे भएनी हुन पाइयो । तर, सविनको प्रयास कहिलेसम्म हो यस्तो ।

नेपाली फिल्मका कलाकार काम पाउँदा जे पनि गर्ने, सकिएपछि पछुताउने छन् यहाँ धेरै । अहिले सविन पनि यही नियती भोग्दैछन् । आफै फिल्म बनाएर के होला, कुर्ने त होला ।