युगान्डाकी गायिकाले ‘फुलबुट्टे सारी’ गाउँदा सर्जक हर्षित
संगीतकार राजनराज शिवाकोटीको पछिल्लो समय निकै चलेको गीत हो ‘फुलबुट्टे सारी’ । नेपाली गीत संगीतमा बेग्लै पहिचान बनाएका राजनराज शिवाकोटीका हरेक गीत चर्चामा रहेका छन् । पछिल्लो समय यो गीतलाई ४ करोड भन्दा बढी दर्शकले युटुवमा हेरिसकेका छन् ।
यो गीतलाई नेपालीले मात्र होइन विदेशीहरुले पनि उतिकै मात्रामा रुचाइदिएका छन् । विदेशीहरुलाई पनि यो गीतले आकर्षित गरेको छ । हालै युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएपछि झन् चर्चामा आएको छ । अहिले टिकटक तथा सामाजिक सञ्जालमा उतिकै मात्रामा चर्चामा रहेको छ । युटुबमा उनको स्वरलाई २ लाख भन्दा बढि हेरिएको छ ।
गीत गाउँदा वियोन्सले लयमा विशेष ध्यान दिएकीको सुन्न सकिन्छ । गीतको भिडियोलाई नेपालमा नै छायांकन गरिएको छ । डिका गुरुङले निर्देशन गरेका छन् । जताजतै चर्चामा गीत रहेपछि यसगीतका अर्का गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेटेर नै धन्यवाद दिने बताएका छन् ।
उनले हिजो सामाजिक संजालमा मार्फत ‘यी युगाण्डाकी गायिकाले सपक्क फुलबुट्टे लूगा नै लगाइवरी कभर गीतको रुपमा गायकी कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै‘.आम्ममामा‘.बाब्बाबाबा‘ओहोहोहो..।’ भन्दै लेखेका छन् । यो गीत ४ वटा भर्सन सार्वजनिक भइसकेको छ भने लिजेन्ड भर्सनमा मदनकृष्णले स्वर दिएका थिए । यो गीतलाई मिलन नेवारले पनि गाएकी छन् । १२ वर्ष अगाडी संगीतकार तथा गायक राजनराज शिवाकोटीले रेकर्ड गरेका थिए । तर, गीत खासै नचलेपछि १२ वर्षपछि पुन रेकर्ड गराएका हुन् ।
प्रतिक्रिया