हृदयघातका कारण ‘कहोना प्यार है’ का निर्देशकको निधन
बलिउड फिल्म ‘कहोना प्यार है’ का लेखक तथा निर्देशक सागर सरहदीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो । भारतिय मिडियाका अनुसार सरहदीको हृदयघातका कारणले निधन भएको हो । उनलाई हृदयघात भएपछि मुम्बईको एक अस्पतालको आइसीयु वार्डमा भर्ना गरिएको थियो ।
८८ वर्षका सरहदीको निधनपछि बलिउडका कलाकारहरुले ट्वीटमार्फत उनको आत्माको शान्तिको कामना गरिरहेका छन् । त्यस्तै फिल्म मेकर अशोक पण्डितले पनि सरहदीको निधन फिल्म उद्योेगका लागि ठुलै नोक्सान रहेको बताएका छन् । सरहदीका ‘नूरी’, ‘बाजार’, ‘कभी कभी’, ‘सिलसिला’, ‘चाँदनी’, ‘दिवाना’, ‘कहोना प्यार है’ लगायत उनले लेखेका फिल्म सफल छन् । उनी बलिउडमा फिल्मका साथ साथै नाटक लेखकका रुपमा पनि परिचित छन् ।
प्रतिक्रिया