इमानदारिताका साथ दोहोरीसाँझ सञ्चालन गरे सरकारले अवरोध गर्दैन – सिडियो
बिकृतिजन्य कार्य नगरी लोकदोहोरी व्यवसायी सञ्चलन गरेको खण्डमा सरकारले त्यसमा सहयोग गर्ने काठमाडौ जिल्ला प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।
शनिबार काठमाडौमा भएको राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौं, नेपालको ‘तेस्रो बार्षिक साधारण सभा’लाई सम्बोधन गर्दै बिकउतिजन्य कार्य नगरी व्यवसाय सञ्चालन गरे सरकारले कुनै अवरोध नगर्ने बताएका हुन् ।
उनले भने,‘ दोहोरी साँझ सञ्चालन गर्दा इमान्दारिताका साथ सव्य तरिकाले सञ्चालन गरे पुरै समय सञ्चालन गर्न दिन सकिन्छ । दोहोरी साँझ भनेको कलाकार जन्माउने पाटो भएकाले यसमा सरकार सदैव छ तर, नराम्रा गतिविध तथा हो हल्ला गर्ने अरुलाई डिस्टप गरेको खण्डमा भने कडा कार्वाही समेत गर्नेछ।’
सो कार्यक्रम सोही संस्थाका अध्यक्ष रिम बहादुर खत्रीले रात्रिकालिन व्यवसायमा सरकारले साथ नदिएको गुनासो गरे । कोरोनामहामारीले थलिएको लोक तथा दोहोरी क्षेत्रलाई सरकराले नहेरेको आरोप लगाए । कार्यक्रममा दिप सागर थापाले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव भिम श्रेष्ठले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन महासचिव गुणराज खनालले गरेका थिए । कार्यक्रममा बिशेष अतिथीको रुपमा प्रहरी नायब उपरिक्षक रोशन खड्का, चर्चित गायक बिमलराज क्षत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप महासचिव शिब हमाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया