अक्षयलाई प्रोड्युसरले टाउकोमा टेकाएको के आरको आरोप

बलिउडका अभिनेता तथा फिल्म समिक्षक के आर के खानले प्रोड्युसरलेहरु अक्षय कुमारलाई टाउकोमा टेकाएको आरोप लगाएका छन् । उनले आज बिहान ट्विट गर्दै अक्षय कुमारलाई प्रोड्युसरहरुले टाउकोमा टेकाएर राखेको आरोप लगाएका हुन्

के आरले अक्षय कुमार अवको २,३ वर्ष पछि अक्षय कुमार पैसा कमाउन नसक्ने पनि भनेका छन् । उनले पछिल्लो समय निर्माताहरुलाई मुर्ख बनेको समेत के आरको भनाई छ । उनले लेखेका छन्,‘मुर्ख निर्माताहरु उनलाई १२५ करोड दिइरहेका छन् ।’ केहि वर्षपछि अक्षयले फिल्ममा काम नपाउने भएकाले अहिले निर्माताहरु अक्षयलाई फिल्म दिन हतार गरिरहेको के आरको भनाई छ ।उनले ट्विटरमा लेखेका छन्,‘अक्षय कुमार हरेक महिना नयाँ फिल्ममा काम गरिरहेका छन् । हप्ताका सातै दिन २४ घण्टा सुटिगंमा व्यस्त छन् । किनकी उनलाई थाहा छ अबको २ वा ३ वर्षपछि उनी पैसा कमाउन योग्य रहँदैनन् । अक्षयका फिल्म किन्ने कोही भेटिँदैनन् । उनको सूर्यवंशी र बेलबटम जस्ता फिल्महरु रिलीज हुने छैनन् ।’ अक्षयको फिल्म सूर्यवंशी यही अप्रिल ३० मा रिलीज हुदैछ । यस बाहेक अक्षयका ‘बेलबटम’, ‘रक्षाबन्धन’ र ’अतरंगी’ लगायत फिल्म रिलीजको तयारीमा रहेका छन् ।