प्रियंकाले मेरो बुवा मस्जितमा गीत गाउँथे भन्दा ट्रोलको सिकार
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो वुवा मस्जितमा गीत गाउने गरेको बताएकी छन् । उनले ओपरा विन्फ्रेसँगको अन्तरवार्तामा आफ्नो बुवा अशोक चोपडाले मस्जिदमा गीत गाउने गरेको बताइकी हुन् । अहिले प्रियंका यसैको ट्रोलको सिकार बनेकी छन् ।
अन्तरवार्ताका क्रममा ओपराले प्रियंकाले वाल्यकालमा पाएको आध्यात्मिक जगबारे साधेकी थिइन् । यस बारेमा अभिनेत्री प्रियंकाले भनेकी छन्,‘‘मलाई लाग्छ कि भारतमा अध्यात्मसँग नजोडिनु निकै मुश्किल छ । तपाईंले ठिक भनिरहनुभएको छ । हामीलाई विभिन्न धर्मले घेरेको छ, यो त्यहाँका मानिसहरुमा सम्मिलित छ ।’
उनले अन्तरवार्ताका क्रममा आफु क्रिश्चियनिटीको वातावरणमा हुर्केको र एक मस्जितमा आफ्ना बुवाले गीत गाउने गरेको बताएकी छन् । उनले भनेकी छन्,‘म एक कन्वेन्ट स्कूलमा पढेँ, जब म स्कूल गएँ त्यहाँ मैले क्रिश्चियानिटी बारे थाहा पाएँ । मेरा पिता एक मस्जिदमा गाउने गर्दथे, मलाई इस्लामबारे थाहा भयो, म हिन्दु परिवारमा हुर्केँ–बढेँ त्यसैले यसबारे पनि मलाई थाहा भयो । त्यसैले यस्तो प्रकारको आध्यात्म भारतको एउटा ठूलो हिस्सा हो जसलाई तपाईं नजरअन्दाज गर्न सक्नुहुन्नँ ।’
अहिले यहि विषयलाई लिएर प्रियंका ट्रोलको सिकार बनेकी छन् । उनलाई तिम्रा बुवा कुन मस्जितमा गीत गाउँथे भन्दिनु न भन्दै उडाएको प्रतिक्रिया प्रशस्तै पढ्न सकिन्छ ।
Dear @priyankachopra
How is singing in a mosque makes one aware of Islam? Do many years in India didn't let you know about muslims around you? By this logic- my dad argues cases in court so I am aware of the law. #PriyankaChopra #Oprah ? pic.twitter.com/gDbVG5aZT1— Chayan Sarkar (@chayansarkar87) March 20, 2021
“My dad used to sing in a mosque and that made me well aware about Islam."
Wait, what? ??https://t.co/Cizp5E7rPp
— Ali (@Bhuut_) March 19, 2021
प्रतिक्रिया