वेव सिरिज मार्फत कलाकारितामा फर्किए धुर्मुस र सुन्तली

हास्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरेका छन् । आफैले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश गीत सार्वजनिक गरेका हुन् । गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत, रचना रिमाल र भक्त प्रधानको स्वर रहेको छ ।

सार्वजनिक भएको गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय देख्न सकिन्छ । फिल्ममा धुर्मस, सुन्तलीका अलवा फिल्ममा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको अभिनय रहेको छ । गीत सार्वजनिक गर्दै यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले बताईन् ।

यस वेव सिरिजलाई धुर्मुस–सुन्तलीले नै निर्देशन गरेका छन् भने वेव फिल्म २ घन्टा भन्दा लामो छ । फिल्ममा टेकेन्द्र शाहको सम्पादन रहेको छ भने स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । कार्यक्रममा बोल्दै निर्देशक तथा कलाकार कुञ्जना घिमिरेले फिल्मले दर्शकलाई निराश नबनाउने दावी गरेकी छन् । उनले भनिन,‘धुर्मुस–सुन्तलीको जोडीलाई दर्शकले पर्दामा हेर्न चाहनुभएको छ । हामी सामाजिक कामसँगै हामीलाई हेर्न चाहने दर्शकको चाहना पनि पुरा गर्न लागिपरेका छौं ।’