रीमाको पनि उही बोली


बोली कलाकारको उही नै हो । कतिसम्म कलाकार उही कुरा बोल्छन् । फिल्म गर्छन् गर्छन् तर मन लागेको कुरा गर्नै पाइन भन्छन् । यो त तयारी जवाफ भयो । जो कलाकार पनि गर्न पाइन नै भन्ने । आफैले फिल्म बनाएपनि गर्न पाइन नै भन्ने । आखिर किन होला भनेर भनौ ।

रीमा विश्वकर्माले फिल्म खेलिन् । चलिनन् । केकी अधिकारी उनकी साथीले फिल्म बनाइन, उनी आइटम गीतमा खेलिन् । फिल्ममा चलेकी होइनन् । बायोपिक बनायो भने आफ्नै बनाउने र आफै खेल्न मन पनि छ उनलाई । रहर त छ नी ।

रीमाले पनि अहिलेसम्म आफूले चाहेको जस्तो फिल्म नै खेल्न पाएकी छैनन् रे । ओहो किन होला यस्तो ।

रीमा खेलेका फिल्मबाट सन्तुष्ट पनि छिन् । अब, केकीले पनि फिल्म बनाएको बनाई नै छन् । भनेर रहर लागेको फिल्म खेले हुने । फिल्म अरुले बनाउँदा पनि यही बोली । आफैले बनाउँदा पनि यही बोली । बोली त आखिर सधै कलाकारको उही नै त हो ।