‘फागुने होली खेलौ दिल खोली’ भन्दै आए दीपक
नेपाल कला र सँस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सँस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ ।
होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दुहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् ।
यसै सन्दर्भमा होली गीत सार्वजनिक भएको छ । दिपक रमणको शब्द, संगीत र स्वर रहेको ‘फागुने होली खेलौ दिल खोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सोम लामा, सन्ध्या श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको भिडियो केशव अधिकारीले खिचेका हुन् । नृत्य केपि पौडेलको रहेको गीतमा दिपक रमणलाई स्वरमा शान्ति थापाले साथ दिएकी छन् ।
प्रतिक्रिया