एन्जेलिनाले पूर्वपति ब्राडले घरेलु हिंसा गरेको लगाइन् आरोप

हलिउडका चर्चित अभिनेता ब्राड पिट र एन्जेलिना जोलीको विवाह भएको ७ वर्ष पछि एक अर्कालाई आरोप पत्यारोप लगाइरहेका छन् । यसै विषयमा एन्जेलिनाले पूर्वपति ब्राडले घरेलु हिंसा गरेको आरोप लगाउदै कुटपिट गरेको प्रमाण आफुसँग भएको बताएकी छन् ।

कुटपिट गरेको प्रमाणसहितको कागजात मार्च १२ अदालतमा मा पेस गरेकी छन् । उनीहरुको सम्बन्ध बिग्रिएपछि केहि वर्ष यता अलग अलग बस्दै आइरहेका थिए । तर लामो समयको अन्तरलामा अन्जेलिनाले घटना फेरि ब्युझाएकी छन् ।