एकसातामै कमायो ‘रुही’ले १७ करोड, हलमा आउन थाले दर्शक

बलिउडका फिल्महरु विस्तारै चलायमान हुन थालेका छन् । एक साता अगाडि रिलिज भएको फिल्म ‘रुही’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएको छ । यस फिल्मले एक सातामा १६.४१ करोडको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतिय समाचारका अनुसार बिहिबार ३.०६ करोड, शुक्रबार २.२५ करोड, शनिबार ३.४२ करोड, आइतबार ३.८५ करोड, सोमबार १.३५ करोड, मंगलबार १.२६ करोड र बुधबार १.२२ करोडको व्यापार गरेको हो ।

अहिले भारतको महाराष्ट्रमा कोभिडको बिरामी बढेपछि अकुपेन्सी ५० प्रतिशतमा झारिएको छ । यहाँ बाहेक अन्य ठाउँमा फिल्मले राम्रो व्यापार गरेको छ । कोरोना र लकडाउनपछि रिलिज भएको यो फिल्मले औषत व्यापार गरेपछि फिल्मकर्मी खुसी देखिएका छन् । यस फिल्ममा जानवी कपुर, राजकुमार राव, बरुण शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । यो भन्दा अगाडी हलमा लागेका फिल्मले दर्शकलाइ हलसम्म तान्न सकेको थिएन ।