पेन्सनको व्यवस्था गर्न चलचित्रकर्मीको माग
चलचित्रकर्मीले पुराना चलचित्रकर्मीलाई पेन्सनको व्यवस्था गर्न माग राखेका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग भेट गर्दै २५ वर्ष भन्दा बढी समय चलचित्रमा काम गरेकालाई पेन्सनको व्यवस्था माग गरेका छन् ।
कार्यक्रममा आर्थिक वर्षको सरकारको कलाकार संघको भवन निर्माणमा बजेट, चलचित्रकर्मीहरुको निशुल्क उपचारको व्यवस्था, चलचित्र विकास बोर्डलाई स्वायत्तता, कलाकार संघको कलाकार कल्याण कोषमा सरकारी अनुदान लगायतका माग चलचित्रकर्मीले मागेका छन् ।
नेपाली चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी सुझाव संकलन अन्तक्र्रिया कार्यक्रममा सञ्चार मन्त्री पार्बत गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, मन्त्रालयका सचिव हरि बस्याल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र संघका अध्यक्ष मदुसुदन प्रधान, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, समाजका महासचिव जनकदीप पराजुली, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र उपकरण व्यवसायी संघका महासचिव केशव घिमिरेसहित चलचित्रकर्मीहरु गोपालकाजी कायस्थ, सुनिल थापा, मोहन निरौला, नवल खड्का, गोपाल ढकाल छन्दे, रेजिना उप्रेती, पवित्रा आचार्य लगायतले भेटघाट गरेका थिए ।
प्रतिक्रिया