अर्पणको तेस्रो हरर फिल्म ‘भुत घर’ रिलिजको तयारीमा

अभिनेता अर्पण थापाले हरर जनराको फिल्म ‘भुत घर’ निर्माण गरेको गरेका छन् । हरहर मुभी निर्माण गर्न रुचाउने अर्पणले लकडाउनको समयमा फिल्म खिचेका थिए । उक्त फिल्ममा अर्पण थापा स्वयं प्रमुख भूमिएका छन् । उनलाई अभिनेत्री सिर्जना रेग्मीले अभिनयमा साथ दिएकी छन् ।
फिल्ममा अर्पणको अभिनयको खुबै तारिफ हुने गरेको छ । हरेक क्यारेक्टरमा घुल्न सक्ने भएकाले पनि उनको अभिनयलाई अब्बल मानिने गरिएको छ । उनले यस अघि ‘मुखौटा, आधा लभ, सुनकेशरी र घर’ लगायत फिल्मको निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेको यीमध्ये ‘सुनकेशरी र घर’ हरर फिल्म हुन् ।

उनले तेस्रो पटक हरर फिल्म ‘भूत घर’ को निर्देशन गरेका छन् । यस फिल्ममा आलोक शुक्लाको छायांकन छ भने सम्पादन मिलन श्रेष्ठको छ । फिल्मलाई हरि तामाङले निर्माण गरेका हुन् । फिल्मको रिलिज घोषणा भने हुन बाँकी रहेको छ ।