रेनशाको ब्यानर भन्दा बाहिर आए धिरज
अभिनेता धिरज मगर पनि अनौठो मानिरहेका होलान् भनेर भनौ । नमानुन् पनि किन । दुइवटा फिल्म, ४ बर्ष भन्दा बढी समय लगाए । निर्देशक रेनशा वान्तवा राइसँग फिल्म खेले । इन्टु मिन्टु लण्डनमा खेले । फिल्म खेले आई एम ट्वान्टी वान । दुबै फिल्म खेल्दा पनि उनले निर्देशक रेनशा वान्तवा राइको फिल्म बाहेक अरुको फिल्म त गर्दैनन् कि भनेर पनि भनिएको हो ।
अब, उनी बाहिर आएका छन् । धिरजले अदिती वुढाथोकी अभिनेत्रीको मुख्य भुमिका रहेको फिल्म बाबरी खेल्ने भए । यो फिल्मका लागि उनी पक्का भएका पनि छन् । धिरज र अदितीले फिल्म खेल्दैछन् । अदितीको घरबाटै बन्न लागेको फिल्म भयो बाबरी । सुरेन्द्र पौडेल निर्देशक हुन् फिल्मका ।
फिल्ममा धिरज टोटलानीले पनि अभिनय गर्नेछन् । उनी अभिनेत्री तृत्ती नाडकरका छोरा हुन् ।
रेनशाको ब्यानर भन्दा बाहिर आउँदा धिरज के सोचिरहेका होलान् । रेनशाले धिरजलाई त आफूले अरुको ब्यानरमा खेल्न अनुमती दिइसकेको भनेकी थिइन् ।
प्रतिक्रिया