सकियो कोभिड, सुरु भयो नेपाली फिल्ममा जात्रा
नेपाली फिल्मलाई कोभिडले असर गर्यो भनेर त सबैले भन्छन् । हो नी, असर त गर्यो । भूकम्पपछि तंग्रिएको थियो फिल्म क्षेत्र । कोभिडले गर्नु गर्यो । १ बर्ष भयो फिल्म हलमा मानिस नआएको । चहलपहल कहिलेबाट हुन्छ के थाहा थाहा ? दर्शक अझै हलमा आउने कुरा गर्दैनन् । समस्या छ फिल्म क्षेत्रमा खुबै ।
यही भनेर मिलेर अघि बढौ भन्ने पनि हो । किनकी, मारमा सबै परेका हुन् । कोही पनि फिल्मीकर्मी मारमा परेका छैनन् भनेर कसरी भन्ने । तर, नेपाली फिल्मको जात्रा कोभिड सकिएपछि हुन थालेको छ । बजार चहलपहल भयो । मानिसहरु भेला हुन थाले । हल खुल्यो । फिल्म रिलिज हुन थालेका छन् । यसपछि त भयो जात्रा ।
जात्रा के भन्दा, उही पुरानो नै हो । नेपाली फिल्मको जात्रा अरुसँग जुधाउने । को भन्दा के कम भनेर भिड्ने । मिलेर जाउँ भन्ने नहुने । अरु आउन् कि नआउन् म त आए भन्ने । त्यसले हो त, मैले हो रिलिज तोकेको भन्ने । सक्नपर्छ भन्ने । वितरक पनि यस्तै । जात्रा यो भन्दा अरु कता देखिने हो ।
मिलेर फिल्म बनाए हुने हो । फिल्म मिलेर बनाए सबैको चल्थ्यो । दर्शकले पनि फिल्म हेर्न एकैपकट धेरै पैसा खर्च गर्न पर्ने थिएन होला । यसले, सबैको फिल्म चल्ने वातावरण बन्ने हो भनेर भनौ । नेपाली फिल्ममा फिल्म बनाउने मानिस त मिल्ने होइनन् । थाहा भएको कुरा थियो हो । हुन आट्यो यस्तै । चैत्र २७ होस् या, भदौ १८ । दशैं होस् या अरु मिति । फिल्म जुधाउने ।
कसैले फिल्मको मिति तोकेको हो पहिल्यै भने नी अरु गैदिने । अनी, मिल्छ फिल्म क्षेत्र । उकासिन्छ फिल्म क्षेत्र । अवस्था त नाजुक भयो त । कोभिड अघि पनि यस्तै थियो । कोभिडपछि त सुध्रियो कि भनेको यस्तै भयो । कहिले सुध्रिन्न यहाँको जात्रा ।
प्रतिक्रिया