२१ औं साधारण सभाको अवसरमा चलचित्र पत्रकार संघ नेपालले सुरु गर्यो ‘कल्याणकारी कोष’

चलचित्र पत्रकार संघ नेपालले आफ्नो २१ औं साधारण सभाको अवसर पारेर ‘कल्याणकारी कोष’को सुरुवात गरेको छ । संघले ६० बर्ष माथिका चलचित्र पत्रकारहरुलाई ६ हजार मासिक भत्ता दिने बताएको छ । यसको औपचारिक घोषणा भने जेठ ७ गते गरिने छ । संघको आगामी जेठ ७ गतेसम्म कल्याणकारी कोषमा १० देखि २० लाख रुपैयाँ जम्मा गर्ने योजना छ ।

हिजो कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले चलचित्र पत्रकारहरुको हकहितका लागि संस्था सधै लागि पर्ने बताए । संघको साधारण सभाको उद्घाटन संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले गरेका थिए भने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको साथमा विभिन्न संस्थाका पदाधिकारी, चलचित्र पत्रकार संघका पदाधिकारी लगायतको उपस्थिती थियो ।