नेटफ्लिक्सले ‘बाहुबलीः बिफोर द बिगिनिङ’ को लगानी सय गुणाले बढायो

विश्वभरीमा नेटफ्ल्क्सि सबैभन्दा धनी डिजिटल प्लेटफर्म हो । यस कुरालाई नेटफ्लिक्सको पछिल्लो एउटा निर्णयले प्रमाणित गरिदिएको छ ।

नेटफ्लिक्सले बाहुबली : बिफोर द बिगनिङको सुटिङ रद्द गरेको छ। गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्न फिल्मको बजेट पनि बढाएको छ। भारतीय सञ्चामाध्यमका अनुसार नेटफ्लिक्सले बाहुबलीको बजेट एक सय करोडबाट दुई सय करोड बनाएको छ।

सय करोडमा छायांकन सकाइसकेको नेटफ्लिक्सले आफ्नो यो कन्टेन्टलाई पुनः छायांकन गर्न लागेको हो । एक स्रोतलाई उद्धत गर्दै बलिउड हंगामाले लेखेको छ, “नेटफ्लिक्स आफ्नो कामप्रति सन्तुष्ट थिएन । त्यसैले सय करोडमा तयार गरिसकेको कन्टेन्ट पुनः सय करोड बढाएर छायांकन गर्दै छ । स्क्रिप्ट, स्टार-कास्ट र टेक्निकल पाटोमा पुनः काम गर्दै ‘बाहुबलीः बिफोर द बिगिनिङ’ लाई अहिलेसम्मकै उत्कृष्ट उत्पादन बनाउन लागेको छ ।”

यसअघि नै नेटफ्लिक्सले बाहुबलीलाई ९ एपिसोडको बनाउने घोषणा गरेको थियो। फिल्मलाई यसअघिका निर्देशक एस एस राजामौलीले नै निर्माण गर्ने बताइएको छ। जसमा महिष्मतीको संसारमा शिवगामीको प्रवेशमा आधारित रहनेछ । यो बाहुबलीको प्रिक्वेल भएको बताइएको छ । शिवगानीको भूमिकामा यसकै ओरिजिनल स्टारकास्टबाट मृणाल ठाकुर नै रहने बताइए पनि उनी रानीको भूमिकामा नै देखिने छिन वा छैनन् भन्ने कुरा भने तय भैसकेको छैन ।

मृणाल ठाकुरले फिल्मका केही दृश्य छाँयाकनसमेत गरिएको बताइएको छ। तर नेटफ्लिक्सले उक्त दृश्यहरु रद्द गरिदिएको बताइएको छ। फिल्मको स्क्रिप्ट र कलाकारहरुको छनौट पनि नयाँ शिराबाट गरिने बताइएको छ।