२ वर्षपछि सकियो ‘सम्हालिन्छ कहिले मन’ रिलिज डेट पनि घोषणा

फिल्म ‘सम्हालिन्छ कहिले मन’को दुबइमा इन्डक्ल्याप गरिएको छ । फिल्मको दुबइका विभिन्न ठाउँमा केही दृश्य र गीतको छायांकन गर्दै इन्डक्ल्याप भएको हो । यस फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका छन् भने पुजा शर्मा आकाश श्रेष्ठ लगायतको फिल्ममा मुख्य भुमिका रहेको छ ।
फिल्मलाई लण्डन, नेपालको मुस्ताङ र दुबइमा खिचिएको छ । फिल्मको छायांकन सक्दै निर्माण पक्षले आगामी भदौ १८ गतेबाट रिलिज हुने पनि जानकारी दिएको छ । फिल्मलाई तीजका अवसर पारेर रिलिज मिति घोषणा गरेको हो । यस फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायांकन छ ।
फिल्मलाई अमित बस्नेतको लगानीमा रहेको छ भने सह लगानीकर्ताका रुपमा परी राना र अजितकुमार थापा छन् । यस फिल्मका कार्यकारी भने निर्माता सनिष खकुरेल रहेका छन् ।