सबैलाई भदौ १८ नै किन चाहिएको हो कुन्नी ?


कोभिडपछि त लथालिंग हो नी फिल्म क्षेत्र । छैन त गतिविधि । फिल्मको छायांकन बल्ल सुरु हुँदैछ । फिल्म पालैपालो रिलिज भए कती राम्रो हो । फलानोलाई सक्नपर्छ, यसको फिल्ममाथि त मेरो फिल्म रिलिज गर्ने हो भनेर नसोचे हुने हो भनेर भनौ ।

तर, अब कोभिडपछि यस्तो अवस्था आउला नी त भनेर सोचेका थिए फिल्मकर्मीबाट धेरैले । भएन है यस्तो त खै । राम्रो दिन देख्यो कि रिलिज मेरो यही दिन हुने हो भनेर भनीहाल्ने ।

भदौ १८ को हप्तामा तीज पर्छ । भदौ १८ गते ए मेरो हजुर ४ रिलिज गर्ने कुरा फाइनल हो । यो फिल्म रोकिएको नै एक बर्ष भयो । नत्र, यो बर्षको दशैंमा रिलिज हुन्थ्यो । भएन, निर्माता डुबिरहेका छन् । सुनिलकुमार थापा राम्रो फिल्म बनाउने निर्माता । अब, यही मितिमा फिल्म इन्टु मिन्टु लण्डनको नी चर्चा भयो । रेनशा वान्तवा राइको फिल्म यही दिनमा आउँछ भनेर खबर आछ । यतिले भएन । अब, फिल्म सम्हालिन्छ कहिले मनले पनि भदौ १८ लाई नै ताकेको छ ।

भदौ १८ मै अरु बेलामा सिंगल आउँदा पनि चल्ने फिल्म जुध्न आँटे । अनी, फिल्म क्षेत्र उकास्न पर्छ भनेर भाषण गर्नुको तुक के हो ?