‘म आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किँदैछु’– प्रदीप खड्का
अभिनेता प्रदीप खड्काले फिल्म ‘प्रकाश’ मा अभिनय गरिरहेका छ । यो फिल्ममा अभिनय गर्दा निकै हौसिएका प्रदीपले आफूले नयाँ चुनौतीहरु स्वीकार गर्ने बताएका छन् । आइतवार साँझ इन्स्टाग्राममा एक फ्यानले सोधेको प्रश्नको जवाफमा नयाँ जस्तो सुकै चुनौती सामना गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘मैले यसअघि कुनै फिल्ममा यसप्रकारको प्रयास गरेको थिइनँ, जुन ‘प्रकाश’ मा गर्दैछु । नयाँ चुनौतीहरु स्वीकार गर्दै म आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किँदैछु । छोटकरीमा भन्दा यो वृद्धि हो ।’ सोसल मिडियामा निकै सक्रिय रहेका प्रदीपले फिल्म ‘प्रकाश’का लागि निकै मेहनत गरेका छन् । उनले पोखरामा ३ महिना अभिनयको ट्रेनिङ पनि लिएका छन् । अनुप बरालसँग ३ महिना अभिनय समेत सिकेका छन् प्रदीपले ।
यो फिल्ममा प्रदीपलाई सरकारी स्कुलको शिक्षकका रुपमा देख्न पाइने छ । उनी सरकारी शिक्षक बन्नका लागि गरेको संघर्ष प्रकाशमा देखाइनेछ । फिल्मको कथा अनुसार आफ्नो चरित्रलाई न्यायपूर्वक निर्वाह गर्न भन्दै प्रदीपले१० केजी तौल समेत घटाएका थिए । दिनेश राउतले निर्देशन गरिरहेको फिल्ममा प्रदीपको जोडी रेनु योगी रहेकी छन् ।
प्रतिक्रिया