नारायणहिटी संग्रहालयभित्र रहेको हलमा बसेर अब फिल्म हेर्न पाइने
अव सर्वसाधारणले पनि नारायणहिटी संग्रहालयभित्र रहेको हलमा फिल्म हेर्न पाउने भएका छन् । राजपरिवारका सदस्यले यहाँको हलमा फिल्म हेर्दै आएका थिए ।
तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि बन्द रहदै आएको थियो । बैशाखबाट हल सरसफाइ र रंगरोगन गरेर सञ्चालनमा ल्याउन लागिएको हो । यस हलमा सर्वसाधारणले नेपाली हिन्दी ,फिल्म तथा डकुमेन्ट्रीहरु हेर्न पाउने बताइएको भएको छ ।
दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिलहरू प्रोसेसिङ गर्ने काम भइरहेको बताइएको छ । ०५८ सालदेखि थन्किएर बसेका रिल धेरै जसो चल्ने अवस्थामा रहेको र त्यसलाई प्रोसेसिङ गरि डिजिटल सिस्टममा कन्भड गरिने छ । दरबार संग्रहालय घुम्नका लागि काटिने टिकटबाट नै फिल्म, डकुमेन्ट्री हेर्न पाइने छ भने ११६ वटा सिट रहेको छ ।
प्रतिक्रिया