केकीलाई हतार


टक्क फिल्म चल्ने बेलामा, सुटिङ सकिएपछि कलाकारको गेटअप आउँदा के हुन्छ के है । बलिउडमा यस्तै त हो । कलाकार लुकीलुकी फिल्म खिच्छन् । गेटअप रिलिज गर्दा त हंगामा । फिल्मलाई पनि फाइदा ।

नेपालमा कुरा फरक रह्यो भनेर भनौ । किन भन्दा, नेपालका कलाकारलाई त फिल्मको गेटअप नै रिलिज गर्न हतार । कती हो के हतार ।

केकी अधिकारीले कपाल काटिन् । पुरै मुण्डन नै भयो कपाल । कपाल मुण्डन गरेकी केकीलाई फिल्मको लुक नआउँदा नै आफ्नो लुक रिलिज गर्न हतार भयो । हालीहालिन् इन्स्टामा ।

एक दुई दिन भाइरल भैहालियो । तर, फिल्म खिच्नु कहिले कहिले । कपाल काटेर फरक नै लुक निकालेको जस्तो गरी हतार किन गर्या । दर्शकलाई सस्पेन्स भन्ने नी राख्ने हो कि ।

फिल्म झिंगे दाउमा पनि केकीले यस्तै गरिन् । परदेशी २ मा बिहे गरेको फोटो रिलिज गरिहालिन् । केकीलाई सस्पेन्स भन्ने राख्न आउन्न कि के हो ?